You are viewing the translated version of सम्प्रेषित सूचना स्रोत (इन्टेलिजेन्स) को रूपमा प्रयोग गर्नु पर्ने.

Section 25
सम्प्रेषित सूचना स्रोत (इन्टेलिजेन्स) को रूपमा प्रयोग गर्नु पर्ने


(१) ऐनको दफा १० को उपदफा (१) को खण्ड (च) बमोजिम वित्तीय जानकारी इकाईले प्रवाह गरेको सूचना वा जानकारीलाई प्रमाणको रूपमा. नभई सूचनाको स्रोत

(इन्टेलिजेन्स) को रूपमा मात्र प्रयोग गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको सूचनालाई कुनै पनि तरिकाबाट सार्वजनिक गर्न पाइने छैन।

(३) वित्तीय जानकारी इकाईले विश्लेषणका क्रममा प्राप्त गरेको सूचना, जानकारी तथा विश्लेषणको निष्कर्ष वित्तीय जानकारी इकाई र अख्तियारप्राप्त निकाय बाहेक अन्य कहीं कतै प्रवाह वा प्रकट गर्न पाइने छैन।